Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – चुनाव विरोधी मधेसी दल र समूहको प्रभाव रहेको आधारमा अतिसंवेदनशील मानिएको सुनसरीमा ७० प्रतिशतको हाराहारीमा मत खसेको छ ।

सुरक्षाका दृष्टिकोणले इनरुवाका केही वडासहित हरिनगरा गाँउपालिका, देवानगञ्ज गाँउपालिका, कोशी गाँउपालिका र भोक्राहा गाउँपालिकालाई अतिसंवेदनशीलको सूचिमा राखिएको थियो । मधेसी समूदायको बाहुल्यता रहेका ती क्षेत्रहरुमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको थियो ।

सुरक्षा मजबुतीसँगै राजपालगायतको कुनैपनि अवरोध नदेखिएको ती क्षेत्रहरुमा लामवद्ध मतदाताहरुको संख्या बिहानैबाट बाक्लो थियो । सम्वन्धित गाउँपालिकाका निर्वाचन अधिकृतहरुले उपलब्ध गराएको पौन ५ बजेसम्मको विवरण अनुसार ती क्षेत्रहरुमा ७० प्रतिशतको हाराहारीमा मत खसेको छ । सबैभन्दा बढी देवानगंज गाउँपालिकामा ७५ प्रतिशत मत खसेको छ ।

मतदानको समयसीमा ५ बजेसम्म भएपनि मतदानकालागि मतदान स्थलभित्र छिरेका मतदाताहरु अझैपनि बाँकी रहेकाले यकिन तथ्यांक आउन केही समय लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया