Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – प्रदेश नम्बर १, ५ र ७ मा आज भएको दोश्रो चरणको निर्वाचनमा मतदाताहरुले उत्साहपुर्वक रुपमा सहभागि भएका छन् । राष्ट्रिय जनता पार्टीको दबदबा रहेको भनिएको जिल्लाहरुमा पनि मतदाताहरुले उत्साहपुर्वक तरिकाले मतदानमा भाग लिएका छन् ।

निर्वाचन आयोगले पनि सबै प्रदेशमा उत्साह र शान्तीपूर्ण तरिकाले मतदान भएको जानकारी गराएको छ । निर्वाचन आयोगले, पछिल्लो प्राप्त जानकारी अनुसार ६५ प्रतिशत भन्दा धेरै मतदान भएको जनाएको छ । आयोगका अनुसार सवैभन्दा बढी धनकुटा र रुकुममा ७० प्रतिशत मतदान भएको छ ।

यसैगरी, ताप्लेजुङ, खोटाङ, डडेलधुरा, दार्चुला, कपिलबस्तु लगायतका १५ जिल्लामा ६५ प्रतिशत भन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ । आज मौसम विभागले साँझको समयमा पानी पर्न सक्ने चेतावनि दिएकाले पनि मतदाताहरु विहानै भोट हाल्न लामबद्ध भएका थिए ।

अघिल्लो चरणको भन्दा यसपालीको मतदान छिटो सकिएको आयोगले जनाएको छ । आज तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन भएको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

१ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका गरी जम्मा ३ सय ३४ स्थानीय तहमा चुनाव भएको हो ।

तपाईको प्रतिक्रिया