Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको ३ बजेसम्म करिब ६२ प्रतिशत मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० मा प्राप्त विवरण अनुसार धनकुटा र रुकुममा ७० प्रतिशत निर्वाचन सम्पन्न भएको छ । यसैगरी, ताप्लेजुङ, खोटाङ, डडेलधुरा, दार्चुला, कपिलबस्तु लगायतका १५ जिल्लामा ६५ प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ ।

अन्य सबै जिल्लामा ६० प्रतिशतमाथि मतदान सम्पन्न भएको छ । मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको भए पनि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मत हाल्न पाउनेनछन् ।

अधिकांश स्थानमा ५ बजेभित्रै मतदान सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया