Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – बुवाको किरियामा बस्नुभएका प्यूठान नगरपालिकाका–७ बिजुवार पूण्यखोलाका टुक बहादुर थापाले मतदान गर्नुभएको छ । ८९ वर्षीय बुबा भुपालसिँह थापाको मृत्युपछि किरीयामा बस्नु भएका जेठा छोरा थापाले मतदान गर्नुभएको हो ।
उहाँले १५ मिनेट पैदल हिँडेर स्वर्गद्वारी बहुमुखी क्याम्पसको ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । बुधवार बुबाको निधन भएको ९ औँ दिन पुगेको छोरा थापाले जानकारी गराउनुभयो । दुई छोरामध्ये कान्छो छोरा कृष्ण बहादुर थापा रोजगारका लागि स्पेनमा रहेको छिमेकी तारा बहादुर थापाले बताउनुभयो । किरियामै बस्नुभएका अविवाहित छोरी झुम्का थापा, बुहारी माया थापा र कमला थापाले समेत मतदान गर्नुभएको छ ।
किरीयामा बस्नुभएका थापा परिवारलाई मतदान केन्द्रसम्म आवतजावत गर्नका लागि सहज वातावरण मिलाइएको मतदान अधिकृत बन्दना शाक्यले जानकारी गराउनुभयो । उहाँका अनुसार यहाँ दुई वटा मतदान केन्द्र कायम गरिएको छ। दुवै केन्द्रमा गरी १ हजार ९ सय ४३ जना मतदाता रहेका छन् । जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा चलिहरेको प्यूठानका प्रहरी प्रमुख डिएसपी रंजितसिँह राठौँरले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया