Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बाजुरा — बाजुराको हिमाली गाउँपालिकाको नदपाटा मतदान केन्द्रमा भेटिएको शंकास्पद वस्तु बोराको पोको भएको पुष्टि भएको छ ।

बम भेटिएको खबर पाएपछि पुगेको नेपाली सेनाले शंकास्पद वस्तु बम नभई बोराको पोको भएको पुष्टि गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

‘विहान बम जस्तो वस्तु भेटिएको खबर आएको थियो, तत्कालै घटनास्थलमा पुगेको नेपाली सेनाले नियन्त्रणमा लिएर हेर्दा बोराको पोको भएको भेटिएको छ’ प्रमुख जिल्ला अधिकारी लामिछानेले भन्नुभयो ।

उहाँका अनुसार मतदातामा भय सिर्जना गर्न शंकास्पद जस्तो देखिने वस्तु राखेको र अहिले सम्म कसले राखेको हो भन्ने एकीन भएको छैन । बोराको पोको हटाएपछि अहिले शान्तिपूर्ण मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

यस्तै गुम्बा मतदान केन्द्र सहित जिल्लाको ९२ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । यसअघि गुम्बा मतदान केन्द्र सम्पर्कमा आएको थिएन ।

तपाईको प्रतिक्रिया