Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – राजधानीमा स्वाइन फ्लू देखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फेरी एकजना महिलामा स्वाइन फ्लु पुष्टि भएको छ । उपचारका लागि अस्पतालमा भर्ना भएकी काठमाडौं कुलेश्वर १६ की ३८ वर्षीया महिलामा स्वाइन फ्लू संक्रमण भएको पुष्टि भएको हो ।

अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार उनको नमूना जाँच केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गर्दा संक्रमण पुष्टि भएको हो । उनको अहिले विशेष निगरानीमा उपचार भैरहेको छ ।

के हो स्वाइन फ्लु ?
स्वाइन फ्लू भाइरसबाट सर्ने सरुवा रोग हो । अहिले यो भाइरस संसारका करिब दुई सय देशमा फैलिसकेको छ । पहिला पहिला पनि देखा पर्ने गरेको भएपनि यो सन् २००९ मा मात्र विश्वव्यापी भएको हो । विश्व स्वास्थ्य संगठनले यसलाई सामान्य मौसमी रुघाखोकीका रुपमा सन् २०१० मा प्रमाणित गरेपछि यसको नाम एचवान एनवान भाइरसको संक्रमणबाट सर्ने सरुवा रोग भएको हो ।

भाइरसबाट सर्ने रोग भएकाले यसको प्रभावकारी उपचार र औषधी छैन । सुरुमा सुँगुरबाट फैलिएको हुनाले कतै कतै यसलाई सुँगुर ज्वरोसमेत भनिन्छ । चिकित्सकले यसलाई सामान्य रुघाखोकी बताउँदै आएका छन् । स्वाइन फ्लू पनि अन्य मौसमी रुघाखोकी जस्तै सामान्य भएकाले आत्तिनुनपर्ने स्वास्थ्यकमीहरु बताउँछन । तर, आफू सर्तक भने रहनु पर्ने हुन्छ ।

विशेष गरी रुघाखोकीलाई ३ समूहमा बाँडिएको छ । समूह ए,समूह बी र समूह सी । यी समूह मध्ये ए र बी बढि संवेदनशील मानिन्छ ।रुघाखोकी अन्र्तगत समूह एमा अहिले नेपालमा २ वटा भाइरस सक्रिय छन् । एचवान एनवान र एचथ्री वानटू । यी भाइरस सधैं एकै क्षेत्रमा भने देखा पर्दैनन् । कहिले कुन ठाउँ कहिले कुन ठाउँमा सक्रिय हुने गरेका छन् ।रुघाखोकीको अर्को समूह बी पनि संवेदनशील मानिन्छ । यसबाट कहिलेकाही प्रकोप नै देखा पर्न सक्छ । तर समयमै बिरामीको उपचार भएको अवस्थामा रोग निको हुन्छ ।

स्थ्य संस्थामै यसको उपचार संभव भएको कारण यसबाट हुने मृत्युदर न्यून रहेको हुन्छ ।सी समूहको रुघाखोकी भने सामान्य मानिन्छ । यो सामान्यतया २र३ दिनमै निको हुने भएकाले चिकित्सकहरुले यसलाई समान्य मान्ने गरेका छन् ।

कसरी फैलिन्छ स्वाइन फ्लू ?
सुँगुरबाट मानिसमा सरेको हुँनाले घरपालुवा जनावर र सुँगुरको सम्र्पकमा रहनेमा भाइरस सर्ने संम्भावना बढि हुन्छ । हावाको माध्यमबाट पनि प्रभावित रोगी व्यक्तिबाट अर्को निरोगी व्यक्तिमा सर्न सक्छ ।

रोगीले खोक्दा, हाछ्युँ गर्दा किटाणु फैलिन्छ । साझा रुमाल, रेलिङ, रिमोर्ट, सवारीसाधनका समात्ने ठाउँहरुमा पनि भाइरस हुन सक्छन् जुन व्यक्तिको सम्र्पकमा आउँनाले सर्न सक्छ ।

के-के हुन् लक्षण ?

चिकित्सकहरुका अनुसार लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने स्वाइन फ्लूको लक्षण हुनसक्छ । यस्तै बालबालिकामा ज्वरोसँगै वान्ता हुने पखाला लाग्ने भएमा तत्कालै जाँच गराउनु पर्छ ।

स्वाइन फ्लू सरुवा रोग भएको हुदाँ सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र स्वाइन फुलुको शंका लागेमा बेलैमा स्वास्थ्य परिक्षण गराएर पनि यो रोग लाग्नबाट बच्न सकिन्छ ।

यस्ता छन् स्वाइन फ्लूबाट जोगिने उपायहरु
-हिडडुल गर्दा मास्क लगाउने
-बढि भिडभाडमा नजाने
-रुघाखोकीका बिरामी भन्दा १ मिटर टाढा बस्ने, हात नमिलाउने
-रुमालले नाकमुख छोपेर मात्र हाछ्युँ गर्ने
-हात सफा गरिरहने
-झोल पदार्थ धेरै खाने

 

तपाईको प्रतिक्रिया