Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

लन्डन – इन्डियन डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ की विजेता नेपाली चेली तेरिया मगर आइतबार  (आज) प्लमस्टिडमा हुन लागेको बुद्ध वृद्धाश्रम च्यारिटी डिनरमा सहभागी हुने भएकी छिन् । मगर संघ यूकेको ओपन कन्सर्टमा भाग लिन दोश्रो पटक बेलायत आएकी तेरिया च्यारिटी डिनरमा आएर नृत्य गर्न राजी भएकी हुन् । आयोजक मध्ये एक बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठको पहलमा तेरियालाई च्यारिटीमा बोलाइएको हो ।

च्यारिटी डिनर मनोरन्जनात्मक बनाउन तेरियाको डान्स, शर्मिला बर्देवाको गायन र स्थानीय कलाकारको नाच राखिने श्रेष्ठले बताउनुभयो । नेपालका चर्चित गायक योगेश्वर अमात्यको समेत ‘स्पेशल 
एपिरियन्स’ हुने आयोजकले बताएका छन् । कार्यक्रमको प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी हुने बताइएको छ ।

बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोगमा ४ जुन आइतबार प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा बुद्ध वृद्धाश्रम निर्माण सहयोगार्थ विशेष च्यारिटी डिनर गर्न लागिएको हो ।

बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठका अनुसार, हालसम्म उक्त वृद्धाश्रम बनाउन करिब २६ हजार पाउण्डको प्रतिवद्धता आइसकेको छ । भवनको कोठा स्पोन्सर गरिदिनेको नाममा नै नामाकरण गरिने तथा ५० हजार रुपैयां भन्दा माथि सहयोग गर्नेहरुको शिलालेखमा नाम लेखिने जनाउंदै श्रेष्ठले सहयोगका लागि सबैमा अपिल गर्नुभएको छ ।

कपिलवस्तु बाणगंगा नगरपालिकास्थित नन्दनगरमा १४ बेड रुमको वृद्धाश्रम निर्माणका लागि करिब ७० लाख रुपैयां खर्च लाग्ने अनुमान छ । वृद्धाश्रम बनाउन २० रोपनी जग्गा कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले निशुल्क उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया