Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा कांग्रेस–माओवादी केन्द्रको तालमेलमा बनेका मेयर उम्मेदवार र एमाले मेयरका उम्मेदवार बिच निकै कडा प्रतिस्पर्धा भइरहेको छ । सोमबार दिनभरजसो एमालेका मेयरका उम्मेदवार हरिबहादुर महतले मेयरमा अग्रता बढाए पनि मंगलबार बिहानैबाट भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार आनन्दराम पराजुली अगाडी बढ्नुभएको छ ।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार आनन्दराम पराजुली १ सय ४२ मतले अघि हुनुहुन्छ ।  उपमेयरमा भने मतगणनाको सुरुको दिन देखिनै एमालेका उम्मेदवार मिना लामाले अग्रता कायम राख्नुभएको छ ।
मेयर
कांग्रेस, आनन्दराम पराजुली – १९ हजार ४ सय ९६
एमाले, हरिबहादुर महत – १९ हजार ३ सय ५४
राप्रपा, मधु अधिकारी – ६ हजार १ सय ३५
उपमेयर
एमाले, मिना लामा – १९ हजार ५ सय २१
माओवादी केन्द्र, बलराम बल – १४ हजार ६ सय ४९
राप्रपा, ईन्दिरा न्यौपाने – ६ हजार ९ सय २६

तपाईको प्रतिक्रिया