Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

मकवानपुर  – हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा कांग्रेस-माओवादी केन्द्रको तालमेलमा बनेका मेयर उम्मेदवार र एमाले मेयरका उम्मेदवार बिच निकै कडा प्रतिस्पर्धा भइरहेको छ ।

सोमबार दिनभरजसो एमालेका मेयरका उम्मेदवार हरिबहादुर महतले मेयरमा अग्रता बढाए पनि मंगलबार बिहानैबाट भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार आनन्दराम पराजुली अगाढी बढ्नुभएको छ ।

उपमेयरमा भने मतगणनाको सुरुको दिन देखिनै एमालेका उम्मेदवार मिना लामाले अग्रता कायम राख्नुभएको छ ।

मंगलबार बिहानसम्म हेटौडाका १५ वटा वडाको मतणना सकिएको र हेटौडा १२ नम्बरको २७ सय मतगणना हुँदा तथा १० नम्बर वडाको ४ सय मतगणना हुँदा सम्ममा नेपाली कांग्रेसका मेयरका उम्मेदवार आनन्दराम पराजुलीले १८ हजार ८ सय २४ मत ल्याउनुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका मेयरका उम्मेदवार हरिबहादुर महतले १८ हजार ७ सय ६९ मत ल्याउनुभएको छ ।

त्यसैगरी राप्रपाका तर्फबाट मेयरका उम्मेदवार मधु अधिकारीले ५ हजार ९ सय ३३ मत ल्याउनुभएको छ ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार मिना लामाले १८ हजार ९ सय १ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै गठबन्धनका उम्मेदवार माओबादी केन्द्रका बलराम बलले १४ हजार ७१ मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका तर्फबाट उपमेयरका उम्मेदवार ईन्दिरा न्यौपानेले ६ हजार ७ सय २५ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया