Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – प्रहरीले पहिलो चरणको स्थानीय तहको निर्वाचनका दिन आज नियम मिचेर चलाइएका झण्डै १३ सय सवारी नियन्त्रणमा लिएको छ ।

काठमाडौंका विभिन्न स्थानबाट नियमबिपरित चलाइएका १२ सय ७६ सवारीलाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रण लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यसमा झण्डै ११ सय वटा मोटरसाइकल मात्रै छन् ।
आज अत्यावशकीयबाहेक अन्य सवारीलाई चलाउन रोक लगाइएको छ । विभिन्न सेवाका सवारीलाई पनि निर्वाचन आयोगले सवारी पासको ब्यवस्था गरेको छ । सवारी चलाउन निर्वाचन आयोगले आज चालक अनुमति पत्र लिएका र अत्यवश्यकीय सेवाका सवारीबाहेक सवै सवारी साधन सञ्चालनमा रोक लगाएको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया