Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिलेसम्म २० प्रतिशत मत खसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले चितवनको भरतपुर महानगरपालिका वडा नं। ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गर्नुभयो ।

निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिकाको वडा नं। १० स्थित प्रसूति गृहको क्वाटरमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदाताको रुपमा मतदान गर्नुभयो । आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिकाको धुम्बाराही माध्यमिक विद्यालयमा मतदान गर्नुभएको छ ।

विना बाधा अवरोध सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया