Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काभ्रे – काभ्रेको नमोवुद्ध नगरपालिका ४ को दुईवटा केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । शनिबार राति नवराज पाठकको हत्या भएको घटनाको कारण मतदान सुरु हुन नसकेको हो ।

नमोबुद्ध नगरपालिका ४ काफ्लेथोकस्थित जनक माविका दुईवटा केन्द्रमा केहीबेरका लागि मतदान रोकेको जिल्ला निर्वाचन अधिकारी मधुकर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

मतदान केन्द्रमै सुरक्षा अधिकारी, स्थानीयबासी र पीडित परिवारका प्रतिनिधिहरुसँग अहिले छलफल गरिरहेको पोखरेलले जानकारी दिनुभयो ।

जनकमावि केन्द्रमा झण्डै १४ सय मतदाता छन् । काभ्रेमा १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र छन् ।

तपाईको प्रतिक्रिया