Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।यो मतदान केन्द्रबाट उहाँ मतदान गर्ने पहिलो मतदाता हुनुभएको छ ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस समर्थनमा रेणु दाहाल मेयरका उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री दाहाल मतदानका लागि सपरिवारसहित शनिबार नै भरतपुर पुग्नुभएको थियो । पूर्व प्रधानन्यायाधीश एवम् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।रेग्मीले आफैं मन्त्रिपरिषद्को अध्यक्ष भएर गराएको २०७० साल मंसिर ४ गतेको निर्वाचनमा पनि यही केन्द्रबाट मतदान गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नं १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरको दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिका वडा नं २ स्थित सत्यवती मावि र महामन्त्री डा. शशांक कोइरालाले काठमाडौं महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्रमा पुगेर मतदान गर्नुभयो । पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जौबारी मतदान केन्द्रबाट मतदान गर्नुभयो ।एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मतदान गर्नुभयो । ।

सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट ककनी गाउँपालिका वडा नं २ स्थित ओखरपौवा केन्द्र, ऊर्जामन्त्री जनार्दन शर्माले रुकुमको मुसीकोट नगरपालिका वडा नं ६ शेरेगाउँस्थित यमुनानन्द नमुना मावि केन्द्र, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित ठाँटीभञ्ज्याङ केन्द्र, उद्योगमन्त्री नवीन्द्रराज जोशीले महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्र र स्वास्थ्यमन्त्री गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङको खासाङ गाउँपालिका वडा नं ३ लेतेस्थित जनोदय मावि केन्द्र, वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले तनहुँको भानु नगरपालिका वडा नं ९ स्थित कालिका मावि केन्द्र र महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका वडा नं १६ अमरेस्थित चण्डिका प्रावि मतदान केन्द्रमा मत हाल्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्नुभयो ।

मुख्यसचिव डा. सोमलाल सुवेदीले महानगरपालिका वडा नं १४ कलंकीस्थित ब्लुरेन इङ्लिस बोर्डिङ स्कुल र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले ललितपुर महानगरपालिकाको यातायात व्यवस्था वाग्मती अञ्चल कार्यालय मतदान केन्द्रबाट मत दिनुभयो ।

नेपाली कांग्रेसका काठमाडौं महानगर प्रमुखका उम्मेदवार राजुराज जोशीले महानगरपालिका वडा नं २६ को यट्खा टोल केन्द्र र उपप्रमुख पदकी उम्मेदवार हरिप्रभा खड्गीले वडा नं २८ स्थित पद्मकन्या बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गर्नुभयो ।

त्यसैगरी नेकपा एमालेका काठमाडौं महानगरका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले लगनटोलबाट मतदान गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका लागि साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापा र विवेकशील नेपाली पार्टीकी मेयरकी उम्मेदवार रञ्जु दर्शनाले पनि आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया