Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा अपेक्षा गरिएको भन्दा बढी मतदान हुने बताउनुभएको छ । नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको उहाँले बताउनुभयो ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले भन्नुभयो, यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।’

नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै आफूले मतदान गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार बन्नुभएको छ । उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार हुनुहुन्छ । एमालेले मेयर पदमा देवी ज्ञवालीलाई उम्मेदवार बनाएको छ ।

प्रचण्डकी छोरीहरु रेणु दाहाल र गंगा दाहालले पनि लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । प्रचण्डकी श्रीमती सीता दाहालले भने चितवनको शिवनगरस्थित निमावि शान्तिपुर केन्द्रबाट मतदान गर्नुभएको छ ।

चितवन जिल्लामा कुल मतदाता तीन लाख १३ हजार २ रहेका छन् । जिल्लाका ५०४ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया