Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काडमाडौं – आइतबार (भोलि) हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन जानु भएको छ । राष्ट्रिय राजनीतिमा चासोपूर्वक हेरिएको भरतपुर महानगरपालिकामा भोलि उहाँले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी मावि लङ्कु मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

भरतपुर महानगरपालिकाको प्रमुखमा उहाँकी छोरी रेणु दाहालले उम्मेदवारी दिनुभएको छ । श्रीमती सीता दाहालले भने शिवनगरस्थित निमावि शान्तिपुर केन्द्रमा मतदान गर्नुहुने प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया