Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । शुक्रबार दुई चरण र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ६ घन्टा बसेको दुई पक्षको बैठकले ३१ वैशाख र जेठमा गरी दुई चरणमा निर्वाचन गर्ने सहमति गरेको हो । संसद्मा विचाराधीन संशोधन विधेयक परिमार्जनसहित सात दिनभित्र पारित गर्ने सहमति दुई पक्षबीच भएको  छ ।

संविधान संशोधन परिमार्जनसहित पारित गर्ने सत्तारुढ दलको आश्वासनसँगै मोर्चा आन्दोलनका कार्यक्रम स्थगित गरी निर्वाचनमा जान तयार भएको हो । तर, सहमति भएका विषयलाई सरकारले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा अघि बढाएपछि मात्र आन्दोलनका कार्यक्रम फिर्ता लिने राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बताउनुभएको हो ।

सहमतिअनुसार पहिलो चरणमा ३१ वैशाखमा ३, ४ र ६ नम्बर प्रदेशमा र दोस्रो चरणमा १, २ र ७ नम्बर प्रदेशमा निर्वाचन गर्ने सहमति भएको छ । तर, दोस्रो चरणको निर्वाचन गर्ने मिति र प्रदेशबारे सरकारले निर्वाचन आयोगसँगको छलफलपछि मात्रै निर्णय गर्नेछ । सरकारले दोस्रो चरणको निर्वाचनका लागि २१ देखि ३१ जेठसम्मको मिति तय गर्ने तयारी गरेको छ । ‘पहिलो चरणमा ३१ वैशाखमा प्रदेश ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन गर्ने र दोस्रो चरणमा जेठको अन्तिम साता प्रदेश १, २, ५ र ७ मा निर्वाचन गर्ने सहमति भएको छ,’ छलफलमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले भन्नुभयो ।

संख्या बढाउनुपर्ने भएकाले दोस्रो चरणमा निर्वाचन
दोस्रो चरणमा निर्वाचन गर्दा केही स्थानमा स्थानीय तहको संख्या बढाउनुपर्ने हुँदा यसअघि सरकारले नै बनाएको समितिले टुंग्याउने सहमति पनि भएको छ । यसअघि सरकारका उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा पुनर्संरचना अध्ययन समिति बनेकाले सोही समितिले जनसंख्याको अनुपातअनुसार तह बढाउने नेता पौडेलले जानकारी दिनुभयो । तर, दोस्रो चरणमा निर्वाचन गर्ने भनिएका प्रदेशका क्षेत्रमा स्थानीय तहको संख्या नबढ्ने पौडेलले जानकारी दिए । जनसंख्याको अनुपातमा मात्र संख्या बढ्ने उहाँको भनाइ छ ।

गैरजिम्मेवारपूर्ण कुराको हामी उत्तर दिँदैनौँ

सुवास नेम्वाङ, उपनेता, एमाले

”हामीलाई सहमति भयो भन्ने पनि थाहा छैन । केमा सहमति भयो भन्ने पनि थाहा छैन, कुनै जानकारी पनि दिइएको छैन । देश चुनावमा छ । चुनाव सार्ने, चुनाव चरणबद्ध रूपमा गर्ने विषयमा दलहरूसँग सल्लाह भएको छैन । निर्वाचन आयोगसँग सल्लाह भएको छैन, उसले दलहरूसँग कुरा गरेको छैन । यस्तो गैरजिम्मेवारपूर्ण कुराको हामीले के उत्तर दिने ?”

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया