Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन्। चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन् । संसदमा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन् । संसदमा प्रतिनिधित्व नगरेका बाँकी ९ दललाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको हैसियतमा चिन्ह दिएको छ।

आयोगले सिन्धुपाल्चोकका लागि क्रम संख्या ३६ भएको चिन्हसहितको मतपत्र छापेको छ। समानुपातिक मतका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दललाई क्रम संख्या १ देखि ११ सम्म लहरका चिन्ह छुट्याइएको छ। ११ देखि २० क्रमसंख्यासम्मको लहरका चिन्ह जिल्लामा दर्ता भएका तर संसदमा प्रतिनिधित्व नगर्ने दलका लागि व्यवस्था गरिएको छ। उनीहरुलाई फरक फरक चिन्ह दिइएको छ।

आयोगले जिल्लामा दर्ता भएका नेपाल दलित पार्टी, ताम्सालिङ राष्ट्रिय जनएकता पार्टी, नयाँशक्ति पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल जनता पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले समाजवादी, चुरेभावर लोकतान्त्रिक लगायतले दलीय चुनाव चिह्न पाउन सकेनन्।

स्वतन्त्र उम्मेदवारको आँकलन गरी आयोगले जिल्लाका लागि मतपत्रको क्रम संख्या २१ देखि ३६सम्मको लहरमा चुनाव चिह्नको व्यवस्था गरेको छ। आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएका चुनाव चिह्न निकै रोचक रहेका छन्। पानको पात, सियोधागो, हुप, सुई, बाँदर, काग, भ्यागुतो, गंगटो, चल्ला, ढिकी, फर्सी, बिरालो, छुरा, दाह्री काट्ने मेसिन लगायत धेरै चुनाव चिह्न मतदातालाई हँसाउने खालका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया