काठमाडौं – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग (डिभोर्स) सम्बन्धविच्छेद गरेकी छन् ।
वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्धविच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिएकी छन् ।
उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उनी उम्मेदवार बन्ने निश्चित छ । स्थानीय निर्वाचनमा सबै स्थानीय निकायका प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरुले एकजना दलित महिलालाई सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउनु पर्ने नीति छ ।
तपाईको प्रतिक्रिया