Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

नयाँदिल्ली – पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली आइपुग्नुभएको छ । भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विशेष अतिथिको सम्मानसहित विमानस्थलबाट सिधै राष्ट्रपति भवन लगिएको थियो । राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भेट गर्नुभएको थियो ।
त्यसैगरी, नेसनलिस्ट कांग्रेसका नेता डिपी त्रिपाठी, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम येचुरी, जनता दल युनाइटेडका नेता शरद यादवलगायत नेताले भेट गर्नुभयो । भेटका अवसरमा उहाँहरूले नेपालको संवैधानिक व्यवस्था र समावेशीतामा नेपालले फड्को मारेको विषयमा चासो व्यक्त गर्नुभएको थियो । त्यसैगरी, राष्ट्रपतिले आवधिक निर्वाचन सम्पन्न गराउने चुनौतीलगायत नेपालको संविधानमा महिला, सीमान्तकृत महिलाको अधिकारको सुनिश्चिततालगायत सवल पक्षबारे बताउनुभएको राष्ट्रपतिका सल्लाहकार डा. मदनकुमार भट्टराईले जानकारी दिनुभयो ।राष्ट्रपति भण्डारी मंगलबार औपचारिक कार्यक्रममा सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायत ३४ जनाको टोली राष्ट्रपतिसँग छ । राजकीय भ्रमणको परम्पराअनुसार उहाँलाई भारतीय राष्ट्रपति भवनमा राखिएको छ ।

आज राष्ट्रपति, प्रधानमन्त्रीसँग भेट
भण्डारीले मंगलबार भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार भेटवार्ता गर्नुहुनेछ ।

मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ । मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ । दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा–अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया