काठमाडौं – संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले धोका दिएको बताएका छन् । ‘प्रधानमन्त्रीले सहमति एउटा गर्ने र संशोधन प्रस्ताव अर्को दर्ता गराउने काम गर्नुभएको छ । बुधबार मोर्चाको निर्णयअघि प्रधानमन्त्रीले मलाई फोन गर्नुभएको थियो ।
उहाँ (प्रधानमन्त्री) ले ‘मैले तपार्इंहरूले भनेजस्तै संशोधनको बुँदा बनाएको थिएँ, तर मन्त्रिपरिषद्मा यस विषयमा केही हेरफेर गर्नुपर्ने अवस्था आयो, त्यसपछि प्रस्तावलाई शेरबहादुर देउवाजीले पनि हेरेर केही फेरबदल गर्नुपर्ने अवस्था आयो भन्नुभयो ।’ लगत्तै मैले देउवाजीलाई फोन गरेँ । तर, देउवाजीले आफूलाई केही थाहा नभएको बताउनुभयो ।
तीनपटकसम्म संशोधनमाथि परिमार्जन गरेर पछिल्लो प्रस्ताव बनेको थियो । त्यसमा पनि प्रधानमन्त्रीले धोका दिनुभयो ।’ यादवले भने । आजको नयाँ पत्रिकामा खबर छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, बैशाख ०१, २०७४
प्रकाशित समय: १३:१८:११