Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

ब्रसेल्स – एकिकृत नेकपा माओबादीका केन्द्रिय सचिव तथा नेपाल सरकारका उर्जा मन्त्रि पोष्टबहादुर बोगटी ‘दिवाकर’ को प्रमुख आतिथ्यमा सर्बहारा बर्गको महान नेता लेनिनको जन्म दिवस तथा नेपाल कम्यूष्टि पार्टी स्थापना दिवस हालै बेल्जियमको ब्रसेल्समा भब्यरुपमा मनाईयो ।
दिवाकरले प्रमुख अतिथिको आसनबाट बर्तमान अवस्थामा लेनिन दिवस मनाउनु भनेको मार्कसबाद लेनिनबाद तथा माओबाद, बिचारधारालाई दह्रो संग पक्रदै नेपाली क्रान्तिलाई निष्कर्षमा पुरयाउनु नै लेनिनलाई सम्मान गर्नु हो भन्नु हुदै नेपाली क्रान्तिलाई बिचमै तुहाउनको लागि देशी तथा बिदेशी प्रतिक्रियबादी शक्तिहरुले एकैसाथ आक्रमण गरिरहेको अवस्थामा यसबाट बचाई क्रान्तिलाई निष्कर्षमा पुरयाउन लागि पर्नुपर्नेमा क्रान्तिकारी नाराको आडमा किरणजीहरु जडसूत्रिय बाम संसोधनबादमा गईरहेको र संगठनमा अराजकताबाद, राजनीतिमा मनोगतबादमा फसी क्रान्तिकारी तप्कालाई दिग्भ्रमित गरीरहेकोले यसको बैचारिक रुपले पराजित गराई नेपाली जनबादी क्रान्तिलाई पुरा गर्नु नै अहिलेको मुख्य कार्यभार रहेको बताउनुभयो । सो कार्यक्रम बेल्जियममा रहेका प्रगतिशील संगठनहरुको आयोजनामा सम्पन्न भएको थियो । ***

तपाईको प्रतिक्रिया