Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – निर्वाचन आयोगमा धर्ना दिन जाँदा पक्राउ परेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई ११ घन्टापछि मुक्त हुनुभएको छ ।

आइतबार बिहान निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै भट्टराईसहित ४७ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दलीय निर्वाचन चिह्न लिएर निर्वाचनमा भाग लिन पाउनुपर्ने माग राख्दै आइतबार बिहान निर्वाचन आयोग घेर्न पुग्नु भएका पूर्वप्रधानमन्त्री भट्टराईसहित ४७ नेतालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छविलाल जोशीले जानकारी दिनुभयो । आइतबार बेलुका करिब ९ बजे उहाँ प्रहरी नियन्त्रणबाट मुक्त हुनु भएको थियो ।

नियन्त्रणका क्रममा आफू र आफ्ना नेताहरूमाथि दुव्र्यवहार र दमन भएको भन्दै भट्टराईले मुक्त भएलगत्तै पत्रकार सम्मेलन गरी सरकारको आलोचना गर्नुभएको छ । प्रहरीले भट्टराईसहित नेकपा (माओवादी क्रान्तिकारी) का उपाध्यक्ष सिपी गजुरेल, सांसद गंगा चौधरी, नयाँ शक्तिकी नेतृ हिसिला यमी, परशुराम तामाङ, रिजवान अन्सारी, सन्दीप अधिकारी, रामकुमार शर्मालगायत नेताहरूलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएपछि सुरुमा भट्टराईसहितका नेताहरूलाई प्रहरीको २ नम्बर गण महाराजगन्जमा राखेको थियो । त्यसपछि उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा स्थानान्तरण गरिएको एसएसपी जोशीले जानकारी दिनुभयो । प्रहरी नियन्त्रणमा रहेका बेला भट्टराईसहितका नेतालाई भेट्न नेकपा (माओवादी क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्य महाराजगन्ज पुग्नु भएको थियो । नयाँ शक्ति पार्टीका अनुशासन आयोग संयोजक परशुराम तामाङ तामाङले आयोग परिसरमा धर्ना बसेका नेता तथा कार्यकर्तालाई प्रहरीले विनाकारण नियन्त्रणमा लिएको आरोप लगाउनु भयो । आयोग परिसरमा प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेल हुँदा केही प्रदर्शनकारी र प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अाजको नयाँ पत्रिका दैनिकमा समाचर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया