Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ। मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ।

उक्त स्कुलमा आठ कक्षामा अध्ययनरत १४ वर्षीय कुन्दन थापालाई मृत्यु अवस्थामा उनका आफन्तले प्रहरी अस्पतालमा भेटेका थिए। स्कुल व्‍यवस्थापनले तत्काल प्रहरी अस्पताल आउनु भनी खबर गरेपछि मृतकका आफन्तले त्यहाँ पुग्दा कुन्दन मृत अवस्थामा भेटिएका थिए ।

स्कुल व्यवस्थापनका अनुसार कुन्दनविरुद्ध उनी अध्ययनरत कक्षाकै एक छात्राबाट ‘कम्प्लेन’ आएपछि वार्डेन शर्मिला गुरुङले बुधबार यस विषयमा छलफल गर्न कुन्दनकी आमालाई फोन गर्नुभएको थियो।

तर कुन्दन आमाको फोन लिएर बाहिर हिँडेकाले शर्मिलाको फोन कुन्दनले नै उठाएका थिए। त्यसपछि कुन्दन आफै प्रहरी स्कुल पुगेका थिए जहाँ कम्प्लेन गर्ने छात्रा र उनका अभिभावक पनि उपस्थित थिए।

तर केही छिनको कुराकानीपछि अभिभावक बोलाएर ल्याउँछु भन्दै फर्किएका कुन्दन एक्कासी हाम फालेको विद्यालय व्यवस्थापनले जनाएको छ। ‘इन्स्पेक्टर शर्मिलाले दुवै पक्षका अभिभावकलाई बोलाएर कुराकानी गराउन खोज्नु भएको रहेछ।

कुन्दनले फोन उठाएकाले उनी आफै आएकाले पछि उनलाई अभिभावक बोलाएर ल्याउन भनिएको रहेछ। तर त्यहाँबाट फर्कने क्रममा एक्कासी हाम फालेको रिपोर्ट हामीलाई छ’, महानगर प्रहरी प्रमुख डीआईजी बम बहादुर भन्डारीले भन्नुभयो। मृतकका आफन्तले भने विदाको दिनमा समेत बोलाइनु, तेस्रो फ्लोरमा रगत भेटिनु शंकास्पद भन्दै हत्याको आरोप लगाएका छन्।

विदाको दिनमा विधाथीलाई मात्र किन बोलाईयो । अनि हाम फालेको मान्छेको रगतको टाटा कसरी तेस्रो फ्लोरमा भेटिन्छ। कुटेपछि तेस्रो फ्लोरबाट झारिएको हाम्रो आशंका छ’, मृतकका आफन्त सजिता रानाले भन्नुभयो, कुन्दन कक्षा आठको परिक्षा दिएर बसेका थिए। उनी सजिताकै घरमा खाना खान भन्दै आमाको फोन लिएर दिउँसो निस्किएका थिए।

‘हाम्रोमा खाना खाएर केही बेरमा फर्किन्छु भन्दै निस्किएको भाईलाई अस्पतालमा मृत अवस्थामा भेटियो’, सजिताले भन्नुभयो। कुन्दनले आफ्नै कक्षामा अध्ययनरत छात्राको नाममा फेक फेसबुक आईडी खोलेर अश्लिल सामग्री अपलोड गरेको आरोप लागेको थियो। ती छात्राका बुवा पुर्व प्रहरी कर्मचारी भएको जनाईएको छ।

घटनाको अनुसन्धानका लागि महानगर प्रहरीले महानगरिय अपराध महाशाखाको एसपी श्याम ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिती गठन गरेको छ। समितीलाई सात दिनको समय दिईएको छ। समितीमा काठमाडौं प्रहरी परिसरका डीएसपी रिद्धिबिक्रम शाह लगायत दुई इन्स्पेक्टर र एकजना सई पनि छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया