Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – स्थानीय तहको निर्वाचन अवधिभरका लागि इजाजतप्राप्त बन्दुक लगायतका हतियार जिल्ला प्रशासन कार्यालयमा बुझाउने सूचना जारी गरिए पनि हतियार बुझाउनेको संख्या अत्यन्त थोरै देखिएको छ ।

बिहीबारसम्म जिल्ला प्रशासन कार्यालयमा जम्मा तीन थान बन्दुकमात्रै बुझाइएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौंमा दुई थान । जबकि काठमाडौंमा मात्रै १३ हजार ३ सय २२ हतियार दर्ता छन् ।

निर्वाचन आयोगले १२ फागुनमा कानुनबमोजिम व्यक्तिका नाममा रहेको हतियार निर्वाचन अवधिभरका लागि जिल्ला प्रशासन कार्यालय मातहतमा राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

त्यस्तै चैत ९ गते निर्वाचन आयोगले चैत ८ भित्र जम्मा भएका हतियारको विवरण आयोगसमक्ष बुझाउन भनेको थियो । तर गृहले ८ गतेसम्म कुनै हतियार संकलन भएको विवरण आयोगलाई बुझाउन सकेन ।

गृह प्रवक्ता बालकृष्ण पन्थीका अनुसार मन्त्रालयले वैशाख १५ भित्र जिप्रका वा नजिकको प्रहरी कार्यालयमा बुझाउने अन्तिम समय सीमा तोकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया