Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – तरलता अभावको कारण देखाउँदै बैंकहरुले गाडी, घरजग्गा र सेयर धितोमा दिदै आएको कर्जा रोकेका छन् ।

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा रोक्न भनेपछि बैंकहरुले गाडी, घरजग्गा र सेयर धितो कर्जा रोक्ने निर्णय गरेका हुन् । राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा बढाउने बताएका छन् ।

तरलता अभावबारे राष्ट्र बैंकका गनर्भर डा चिरञ्जिवी नेपालले बुधबार बैंकरहरुसँग छलफल गर्नुभएको थियो । बिहीबार पनि अर्थमन्त्री, अर्थसचिव, राजश्व सचिव र गभर्नरबिच छलफल भएको थियो ।

छलफलमा गभर्नर नेपालले तरलता अभावको अवस्थालाई सामान्य पार्ने प्रयास भईरहेको र आफुले बैंकरहरुलाई आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया