Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताउनुभएको छ। 

राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीको उद्घाटन गदैं थानीले नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको बताँउदै सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गर्नुभयो । सहकारी ऐन संसदमा रहेको स्मरण गदैं मन्त्री थानीले यस क्षेत्रमा रहेका समस्यालाई आउँदै गरेको ऐनले सम्बोधन गर्ने उल्लेख पनि गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका संचिव मोहनकृष्ण सापकोटाले,सहकारी आन्दोलन अन्तिम चरणमा पुगेको बताँउदै  सहकारीलाई व्यवस्थित गर्न सरोकावाला विच एकरुपताको खाँचो
रहेको बताउनुभयो । यस्तै, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको गतिशिलतालाई राज्यले अझैपनि बुझ्न नसकेको भन्नुभयो । कार्यक्रममा केन्द्रिय स्वाथ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी मापदण्डलाई फरकिलो बनाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया