बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडौं – उपभोक्ताले निकट भविष्यमै तिनवटा स्क्रिन भएको ल्यापटप प्रयोग गर्न पाउने छन् ।

गेमिंग कम्प्युटर निर्माता कम्पनी रेजरले अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो मा तीनवटा स्क्रिन भएको ल्यापटप निर्माण गर्ने परियोजना सार्वजनिक गरेको छ ।

प्रोजेक्ट भेलेरी नामक उक्त परियोजनाको अवधारणा अनुसार कम्पनीले फोर के रिजोलुसनयुक्त तीनवटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप तयार पार्नेछ ।

ल्यापटपमा सेन्ट्रल डिस्प्लेभन्दा अलग थप दुईवटा स्क्रिन स्लाइड रहनेछन् जो अटोम्याटिक प्रणालीमा आबद्ध हुन्छन् । तीनवटा स्क्रिनहरु चाहिएको बेला बाहिर निस्किनेछन् भने काम सकिएपछि आफै भित्र छिर्नेछन् र १२ पाउण्ड तौलको नोटबुक बन्नेछ ।

कम्प्युटर गेमिंगका लागि यो तीनवटा स्क्रिनवाला ल्यापटप निकै उपयोगी बन्नेछ । तीनवटै स्क्रिनको साइज १७ इन्च हुनेछ ।

यो ल्यापटप फोल्ड गरेर बन्द गरेसँगै डेढ इन्च पातलो हुनेछ । स्टाण्डर्ड गेमिंग ल्यापटपको तुलनामा उक्त ल्यापटप निकै शक्तिशाली हुने दाबी गरिएको छ ।

कम्पनीले घोषणा गरेको यो परियोजनाले कहिले मूर्तरुप पाउँछ र तीन स्क्रिन वाला ल्यापटप तयार हुन्छ भन्ने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया