Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न नसकिने संघीय गठबन्धन र त्यसमा आबद्ध मधेसी मोर्चाको प्रतिक्रियाले अप्ठ्यारोमा परेको सरकारले केही दिन ‘पर्ख र हेर’ को नीति लिने भएको छ ।

स्रोतका अनुसार मोर्चाको गतिविधि र आन्दोलनको परिस्थिति हेरेर केही दिनमा सरकारले विधेयक फिर्ता लिने या नलिने निर्णय गर्नेछ ।

‘जसका लागि यो संशोधन विधेयक दर्ता गरिएको हो, त्यही पक्षले मान्दै मान्दैनौं भनेपछि सत्तापक्षभित्रै विधेयक फिर्ता लिनुपर्ने दबाब बढेको छ,’ सरकारका एक मन्त्रीले भने, ‘केही दिन मोर्चाको मनस्थिति र विपक्षी पार्टीको आन्दोलन हेरेर विधेयकलाई के गर्ने भन्नेबारे निर्णय लिने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्छ ।’

प्रदेश नम्बर ५ को सीमांकन बदल्ने प्रस्तावविरुद्ध सुरु भएको आन्दोलनमा विपक्षी नेतासँगै सत्तापक्षका नेता तथा कार्यकर्ता नै देखिएपछि सरकार झनै अप्ठ्यारोमा परेको हो ।

स्रोतका अनुसार मोर्चाले विधेयकको पक्षमा तत्काल सकारात्मक सन्देश नदिए प्रधानमन्त्री संशोधन विधेयकलाई निष्क्रिय बनाएर स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने रणनीतिमा जानेछन् ।

कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने संशोधन विधेयकको पक्षमा मोर्चाका नेताहरू आउने दाबी गर्नुहन्छ । मोर्चाका नेताहरूसँग औपचारिक र अनौपचारिक लामो छलफलपछि विधेयक आएको बताउँदै निधिले यथास्थितिमा नमान्ने भने पनि उनीहरूले विधेयकको पक्षमा मतदान गर्ने दाबी गर्नुभयो ।

‘केही नेताले असन्तुष्टि प्रकट गरे पनि सरकारले अघि बढाएको विधेयकप्रति मधेसका नेता तथा कार्यकर्तामा खुसी छाएको छ,’ उहाँले भन्नुभयो, ‘सरकार संशोधन विधेयकलाई पारित गराउने प्रयासमै रहन्छ तर केही दिन हामी ‘पर्ख र हेरको’ स्थितिमा छौं ।’

तपाईको प्रतिक्रिया