Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – बहुप्रतीक्षित थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग अब निर्माण हुने पक्का भएको छ । 1480467555tunnel

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जापान सरकारबाट प्राप्त नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि १७ अर्ब रुपियाँ ऋण स्वीकार भएपछि सुरुङमार्ग निर्माणका लागि बजेटको समेत व्यवस्था भएको छ । सडक विभाग, वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने गरी निर्माण गर्न लागिएको सुरुङमार्ग अबको पाँच बर्षभित्र सम्पन्न हुने बताए ।

सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा भएको बताउँदै उनले सन् २०२१ सम्म सो मार्गको निर्माण पूरा गर्ने लक्ष्य रहेको बताए । अबको दुई महिनाभित्र डीपीआर तयार गर्न कम्पनी छनोटको प्रक्रिया टुङ्गो लाग्ने जानकारी दिँदै उनले छनोट भएका कम्पनीबाट एक बर्षभित्र विस्तृत डिजाइन प्रतिवेदन प्राप्त हुने र डेढ बर्षभित्र सुरुङको निर्माण कार्य सुरु हुने बताए ।

तपाईको प्रतिक्रिया