Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – रेडियाको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त भएको छ ।

अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको हो । रेडियोको प्रशारण केन्द्रमा १ वर्षदेखि बसिरहेको भँगेरोलाई सोमबारबाट लागू हुने गरी मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गरिएको कार्यकारी निर्देशक वेदप्रकाश तिमल्सिनाले बताए ।

लोपन्मुख अवस्थामा रहेकाले पन्छीको संरक्षणका लागि दबाब पुगोस् भन्ने उदेश्यले भँगेरोलाई स्टेसन म्यानेजर नियुक्त गरिएको रेडियोले जनाएको छ ।

तपाईको प्रतिक्रिया