Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – रिक्त सशस्त्र वन रक्षक, वन रक्षक र गेमस्काउट (निकुञ्जको गस्तीमा खटिने कर्मचारी) को भर्ना प्रक्रिया अघि बढेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले ७ सय ४३ सशस्त्र वन रक्षक, ४ सय १६ वन रक्षक र ७ सय ७७ गेमस्काउटको भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिए । jigar

‘नयाँ पाठ्यक्रम बनाएर एकीकृत परीक्षा प्रणालीबाट जतिसक्दो चाँडो रिक्त वन रक्षक र गेमस्काउट भर्ना गर्दैछौं,’ उनले भने । पाठ्यक्रम तयार भएपछि विज्ञापन आहवान गरिनेछ र लोक सेवा आयोगले पदपूर्तीका लागि परीक्षा लिनेछ । विभाग अन्तर्गत १ हजार ८३ सशस्त्र वन रक्षक, २८ सय वन रक्षक र निकुञ्ज विभागअन्तर्गत ८ सय २४ गेम स्काउटको दरबन्दी छ । गत वर्ष मात्रै ४ सय ६१ गेमस्काउटको नयाँ दरबन्दी थपिएको हो ।

आर्थिक वर्ष २०६९/७० पछि वन रक्षक र गेमस्काउट भर्नाका लागि विज्ञापन हुन सकेको छैन । तराई तथा चुरे मधेसका जिल्लामा वन गस्ती र निकुञ्ज/आरक्षको प्रभावकारी गस्ती हुन सकेको छैन । गस्ती नहुँदा जंगलको कोरक्षेत्रमा वनपैदावार र वन्यजन्तुको चोरी सिकार गर्ने समूह सक्रिय भएको पाइएको छ भने तस्करीका घटनासमेत बढेको देखिन्छ ।

‘वन रक्षक र गेमस्काउट पदपूर्ति हुन सके भइरहेका तस्करी र सम्भावित चोरी तस्करी न्यून हुने अपेक्षा छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया