Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन प्रक्रियामा सामलेन नहुने निर्णय गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति जुटाउन सक्रिय छन् ।

एमालेसँग बिहीबार भएको संशोधन विधेयक दर्ता अघिको अन्तिम भनिएको छलफलमा पनि दाहाल सहमति जुटाउन सफल भएनन् । सहमतिका लागि संशोधन विधेयक संसदमा दर्ता भएपछि पनि प्रयास जारी राख्ने उनको योजना छ ।

एमालेका भीम रावल र वामदेव गौतम तथा माओवादीका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित बिहीबार भएको छलफलमा दाहालले ओलीलाई संशोधनमा सहमति जनाउन पटकपटक आग्रह गरेका थिए ।

‘एमाले सहमतिमा आए संविधान संशोधनका विषयबस्तु सल्लाहमै चयन गर्न तयार रहेको समेत दाहालले बताउनु भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

तपाईको प्रतिक्रिया