Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

नयाँ दिल्ली – चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतका राष्ट्रपति प्रणव मुखर्जीदेखि लिएर समकक्षी नरेन्द्र मोदीसँग महत्त्वपूर्ण भेटवार्ता गर्नुहुनेछ । prachanda-1-1

उहाँले आज भेटघाट एवम् द्विपक्षीय वार्ता गर्नुका साथै महत्त्वपूर्ण सम्झौता हुने पनि कार्यक्रम रहेको छ । यहाँस्थित भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालका अनुसार महत्त्वपूर्ण भेटघाटका क्रममा दुई देश बिचको हितका विषयमा कुराकानी हुनेछ ।

प्रधानमन्त्रीको कार्यतालिका अनुसार राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ भने उहाँले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिसँगको भेटवार्ता लगत्तै उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया