Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । बिहान ९ बजेदेखि भृकुटीमण्डपमा हुने मतदान अपराह्न ५ बजेसम्म चल्ने छ ।

मतदानमा ५३ सदस्यका लागि झन्डै डेढ सय जनाले उम्मेदवारी दिएका छन् । मतदान सकिएलगत्तै काँग्रेस केन्द्रीय कार्यलय सानेपामा मतगणना हुने निर्वाचन समितिले जनाएको छ । संघको सभापतिमा उमा रेग्मी र मिना पाण्डेको उम्मेदवारी परेको छ । निर्वाचन समितिले बिहीबार प्रकाशित गरेको अन्तिम नामावली अनुसार अध्यक्षमा दुई, महासचिवमा तीन र कोषाध्यक्षमा दुईजनाले उम्मेदवारी दिएका छन् । nepal_mahila_sangh

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहको प्यालन बनाएर उम्मेदवारी दर्ता भएको छ । संघको सभापतिमा देउवा समूहबाट रेग्मी र पौडेल समूहबाट पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । महासचिवमा भने तीनजनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट महासचिवमा धना खतिवडाको र पौडेल प्यालनबाट गोमा केसीको उम्मेदवारी परेको छ ।

त्यस्तै महासचिवमै किरणकुमारी सरकारले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी छन् । कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंहको उम्मेदवारी परेको छ । थापा पौडेल र सिंह देउवा प्यानलका हुन् । संघको विधान अनुसार खुला २२ जना, प्रत्येक प्रदेशबाट तीन –तीन जना, आदिवासी, मधेसी तीन र दलितबाट एकजनाका साथै मुस्लिमबाट एक जना सदस्यसहित ५३ जना सदस्य निर्वाचित हुने छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया