Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल र विहारका मुख्यमन्त्री नितिशकुमारबीच नेपाल र भारतको विहार राज्यसँगको सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल भएको छ । नेपाली दूतावास नयाँ दिल्लीमा प्रधानमन्त्री दाहाललाई भेट्न आउनुभएका मुख्यमन्त्री नितिशबीच करिब एक घण्टा भएको छलफलमा नेपालको दक्षिणी सीमा जोडिएको सबैभन्दा ठुलो भूभाग विहारमा पर्ने भएकाले सम्बन्ध थप मजबुत बनाउने विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतको विहार राज्यबीचको आपसी र मैत्री सम्बन्ध अरुहरुका लागि समेत अनुकरणीय छ भन्दै सीमा क्षेत्रमा देखिने असहज अवस्थालाई मिलेर समाधान गर्नुपर्नेमा छलफल भएको बताउनुभयो । नेपाली र विहारी समुदायबीचको सम्बन्ध स्वाभाविक छ भन्दै प्रधानमन्त्रीले कुनै समस्या रहे त्यसलाई आपसी संवादका माध्यमबाट हटाउन सकिने बताउनुभयो ।

विहार र नेपाली समुदायबीचको सम्बन्ध जनता जनताबीचको सम्बन्ध रहेको र आत्मीय रहेको बताउँदै मुख्यमन्त्री नितिशले उक्त सम्बन्धलाई थप प्रगाढ, मैत्री एवम् भावनात्मक बनाउनुपर्नेमा जोड दिनुभयो । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री नितिशले राष्ट्रिय विषयमा प्रधानमन्त्री तहमा नै कुरा हुने भए पनि असल छिमेकीको हैसियतले प्रधानमन्त्री दाहालसँग खुलेर छलफल भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्रीले प्रधानमन्त्री दाहाललाई विहार राज्यको भ्रमणको निम्तो समेत दिनुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया