Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

नारायणगढ – गरिव तथा विपन्न सुकुम्वासी महिलाहरुले सञ्चालन गरेको अमरदिप महिला उत्थान बचत तथा ऋण सहकारी सस्थाको पुजी ७ करोड २४ लाख रुपैयाँ पुगेको छ । मासिक १५ रुपैयाँ वचत गर्दै २०६१ साल जेठ १ गतेवाट आफ्नो सेवा शुरु गरेको सो सहकारी सस्थाले यो वर्ष पुजी वढाएर उल्लेखित रकम वनाएको हो ।

आज नारायणगढमा सम्पन्न सस्थाको नवौ वार्षिक साधरण सभामा दिइएको जानकारी अनुसार सस्थाले आफ्ना एक हजार छ सय दुइ जना सदस्यवाट पुजी संकलन गरेको जनाएको छ । विगत एक वर्ष यता मात्रै सस्थाको कूल सम्पत्ति २१ प््रतिशतले वढेको सस्थाकी ब्यवस्थापक ज्योतिका थापाले जानकारी दिनुभयो ।

भरतपुर उपमहानगर पालिका भित्रका गरिव तथा सुकुम्वासी महिलाहरुलाइ समेटेर सो वचत तथा ऋण सहकारी सस्था सञ्चालनमा रहेको छ । यसको शेयर पुजी १ करोड २० लाख रुपैयाँ छ भने सस्थाले सदसयहरुवाट ४ करोड ५९ लाख २० हजार ९० रुपैयाँ वचत गरेको कार्यक्रममा जानकारी दिइयो । साधरण सभामा वोल्दै सस्थाकी अध्यक्ष कुशुमकुमारी क्षेत्रीले सहकारीको प्रर्वधनमा सहयोग पुर्याउने सवैलाइ धन्यावद दिनुभयो ।

कार्यक्रममा केन्द्रिय वचत तथा ऋण सहकारी सस्थाकी सञ्चालक शान्ति अधिकारी, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलयका निरिक्षक रामवावु पौडेल, चितवन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष तेजेन्द्र खड्का, पत्रकार बसन्त पराजुली लगाएतले वोलेका थिए ।

यसैबिच सहकारीका माध्यमवाट महिलाको आर्थिक विकास गराउनका लागि समाचार लेखन तथा प्रकाशन गरि सहयोग पु¥याएको भन्दै पत्रकार बसन्त पराजुली सम्मान गरिएको छ । सुकुम्वासी, गरिव तथा विपन्न समुदायका महिलाहरु द्धारा सञ्चालित अमरदिप महिला उत्थान बचत तथा ऋण सहकारी सस्थाले पराजुलीलाइ नगद सहित सम्मान पत्रले सम्मान गरेको हो ।

नारायणगढमा वुधवार आयोजित एक कार्यक्रममा पराजुलीलाइ पराजुलीलाइ केन्द्रिय वचत तथा ऋण सहकारी सस्थाकी सञ्चालक शान्ती अधिकारीले नगद सहित सम्मानपत्र प्रदान गरेकी थिइन् । सस्थाको नवौ वर्षिक उत्सवका अवसरमा आयोजित सो कार्यक्रममा सहकारीका उत्कृष्ट सदस्यहरुलाइ पनि सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया