Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काभ्रे – काभ्रेको बिर्तादेउरालीमा आज दिउँसो भएको यात्रुबहाक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ पुगेको छ । दुर्घटनामा अरू ३५ बढी घाइते भएका छन् । 14018058_1362154210478907_812087692_n

काठमाडौँबाट कोसीपारी जाँदै गरेको अरनिको यातायात समितिको बा ३ ख १०६ नम्बरको बस बिर्तादेउराली–७ खहरेखोला नजिकैको डाँडाबाट करिब ४ सय ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । ३१ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन सकेको छैन ।

घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । कच्चीबाटोका कारण घाइतेहरुलाई अस्पताल ल्याउन कठिनाइ भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् गम्भीर घाइतेहरुलाई काठमाडौँ ल्याइएको छ । उनीहरूलाई त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरमा राखिएको छ । अरू घाइतेहरुलाई एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल लगिएको छ । घटनास्थल धुलिखेलबाट ४५ किलोमिटर टाढा पर्दछ । 14012237_1362072250487103_1860994380_n

कच्चीबाटोमा क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसमा ८० जनाभन्दा बढी यात्रु सवार रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया