Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र नेदरल्याण्ड्सविचको दोस्रो खेल आज हुनेछ ।
शनिवार भएको पहिलो खेलमा पराजित भएको नेपाल आज दोस्रो खेलमा विजयी हुँदै बदला लिने प्रयासमा हुनेछ । तर नेदरल्याण्ड्सलाई उसैको मैदानमा पराजित गर्नु नेपालका लागि सहज भने हुने छैन । पहिलो खेलमा चल्न नसकेको नेपालको ब्याटिङ आज सुधारिने अपेक्षा प्रशिक्षक र खेलाडीहरुले गरेका छन् ।
नेपालले पहिले व्याटिङ गरेको खण्डमा कम्तिमा पनि दुई सय रनको योगफल तयार पार्ने रणनीति प्रशिक्षक जगत टमाटाले लिएका छन् । तर यसको लागि मौसमले पनि साथ दिनुपर्ने उनको बुझाई छ । पहिलो खेलमा ९४ रनमै समेटिएको नेपाल ७ विकेटले पराजित भएको थियो ।
८ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले छैटौं स्थानमा रहेको छ । ७ खेलबाट १२ अंक जोडेको नेदरल्याण्ड्स शिर्ष स्थानमा छ भने नेपालले समान ७ खेलबाट ४ अंक मात्रै जोडेको छ ।

तपाईको प्रतिक्रिया