Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सप्तकोशी बाँधको सुरक्षाप्रति भारतीय पक्षले देखाएको ‘संग्दिध चासो’ र दाबीप्रति नेपाल सरकार भने औपचारिक रूपमा बेखबर छ ।

सप्तकोशी बाँध ध्वस्त पारिदिने ३ वटा अन्तर्राष्ट्रिय इस्लामिक अतिवादी संगठनको हवला दिँदै भारतले सुरक्षा मजबुत बनाउन नेपाललाई परिपत्र गर्दा समेत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले त्यसबारे औपचारिक धारणा बाहिर ल्याएका छैनन् । भारतीय पत्राचारपछि ब्यारेज आसपास तथा सुनसरी, सप्तरी र मोरङ जोड्ने नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको आजको कारोबार दैनिकमा खबर छ ।

अस्वभाविक रूपमा बढाइएको सुरक्षा तैनाथी र खानतलासपछि सप्तकोशी ब्यारेज हुँदै आवतजावत गर्ने नेपालीले सास्ती ब्यहोर्नुपरेको छ । यसबाहेक नेपालका माओवादी संगठनहरु पनि चुनौतीका रूपमा रहेको भारतीय विवादास्पद दाबी आएको छ ।

उच्च स्रोतका अनुसार भारतले अहिलेसम्म परराष्ट्र मन्त्रालयलाई यस विषयमा जानकारी गराएको छैन । त्यस्तै गृहमन्त्रालयले पनि भारतीय दाबीप्रति औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया