Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – टर्कीमा सैनिक ‘कू’ भएको छ । टर्कीको सेनाले एक बयान जारी गरेर सत्तामा नियन्त्रण कायम गरेको दाबी गरेको छ । शुक्रवार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य सहर स्तानबुलमा ठुलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरिएको छ । 1

देशभर सेनाको नियन्त्रण रहेको र सैनिक कानुन लागू गरिएको सेनाले जारी गरेको बयानमा उल्लेख छ । एक टिभी स्टेसनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका छन् । साथै टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरियो । तर, सैनिक कू मा कुन तहका सैन्य जर्नेलको सहभागिता छ भन्ने अहिलेसम्म प्रस्ट हुन सकेको छैन् ।

टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको र सैनिकहरुको सानो समूहले विद्रोह गरी सैनिक कूको प्रयास गरेपछि त्यसलाई विफल बनाउन लागिएको दाबी गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार कु गर्न खोज्ने मध्येका केहीलाई गिरफ्तार गरिएको छ । सैन्य ‘कू’ पछि देशभर कर्फ्यु लगाइएको सेनाले जनाएको छ । समाचार संस्थाका अनुसार अंकारास्थित विशेष सुरक्षा बलको मुख्यालयमा १७ जना प्रहरी मारिएका छन् । सीएनएनसँग कुरा गर्दै टर्कीका राष्ट्रपति रिसेप टाइप एर्डोगानले आफू स्तानबुल फर्किन लागेको र त्यहाँ पुगेपछि सबै कुरा नियन्त्रणमा लिने बताए । 2

उनले प्रजातन्त्रका पक्षमा सडकमा उत्रिन टर्कीका जनतालाई आह्वान समेत गरे । संसद भवन, स्तानबुल र आंकाराका बिमानस्थल लगायतका स्थानमा नियन्त्रणमा लिएर बन्द गरिएको छ भने टर्कीमा फेसबुक, ट्वीटर तथा युट्युब खुलेका छैनन् । टेलिभिजनमा समाचारवाचक मार्फत सैन्य कु भएको बक्तब्य पढ्न लगाइएको छ ।

अमेरिकी राष्ट्रपति बराक ओबामासहितका नेताहरूले टर्कीको प्रजातन्त्रका पक्षमा उभिन अन्तराष्ट्रिय समुदायलाई आह्वान गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया