Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब दलका बिचमा बन्ने सहमति केवल सत्तामा जानका लागि मात्र हुन नहुने बताउनुभएको छ । prakash_man_singh

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले १० नम्बर वडामा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिंहले मुलुकसामु अहिले संविधान पूर्ण कार्यान्वयन गर्नुपर्ने चुनौती रहेकाले अब संविधान कार्यान्वयन सहितको सहमति हुनुपर्ने विचार राख्नुभयो ।

उहाँले पार्टीको १३ औँ महाधिवेशन सकिएको लामो समय बित्दापनि विधानअनुसार पार्टी सभापतिले पदाधिकारी चयन लगायतका काम गर्न नसक्नु दुःखद भएको पनि बताउनुभयो ।

पार्टी विधि विधानअनुसार चलेन भन्नेले जिम्मेवारीमा पुगेपछि पार्टी चलाउन कतिको ग्राहो हुन्छ भने बल्ल महसुस गरेको सिंहले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया