Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

टोकियो – अबैधानिक रुपमा रकम असुली गरी नेपालीहरुलाई भिसा लगाईदिने काम गर्दै आएको अभियोगमा दुईजना जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टोकियो मिनातो कुमा बस्ने ६९ बर्षिय सिरो साकुराइ र उनकी ४७ बर्षिय श्रीमती तोमोको रहेको जापानी टेलिभिजनहरुले जनाएका छन् ।

उनीहरुले नेपालीहरुलाई भाषा अनुबाद तथा बन्द भईसकेको रेष्टुरेन्टहरुको नामबाट भिषा लगाई कोरियन याकिनिकु रेष्टुरेन्ट तथा अन्य फरक स्थानहरुमा काम लगाउने गरेको प्रहरीले जनाएको छ । उनीहरुले एक जनाको भिसा नबिकरण गरिदिए बापत करिब ३० मान (३ लाख) येन लिने गरेको र हालसम्म ५ सय मान (५० लाख) येन भन्दा बढि कमाई गरिसकेको पनि समाचारमा उल्लेख छ ।

साकुराईले आफुमाथि लागेको आरोप स्वीकार गर्दै आम्दानी नभएकोले यस्तो काम गर्नुपरेको बताएका छन् भने उनकी श्रीमती तोमोकोले भने लगाईएको आरोप स्वीकार गरेकी छैनन् ।

पछिल्लो समयमा भिसा एक ठाउँको र काम अर्को असम्बन्धित ठाउँमा गर्ने नेपालीहरुको संख्यामा बृद्धि भईरहेको अवस्थामा यस किसिमको समाचारले नेपाली समुदायमा पनि ठूलो तरंग ल्याउन सक्ने अनुमान गर्न सकिन्छ ।


Video : JNN

तपाईको प्रतिक्रिया