Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौँ – प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पतालका ३३ चिकित्सकले डा.गोविन्द केसी शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने दाबी गरेका छन् । govinda g

केसी अनशन बसे त्यसविरुद्ध आफूहरू पनि अनशन बस्ने चेतावनी उनीहरूले दिएका छन् । अस्पताल प्रशासनलाई पत्र पठाउँदै उनीहरूले डा. केसीले अस्पतालभित्रै अनशन गर्न पाउने भए आफूहरूलाई पनि अनशनस्थल उपलब्ध गराउन माग गरेका आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पटक–पटकको अनशनले स्वास्थ्य क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै उनीहरूले डा. केसीलाई कारबाही गर्नसमेत माग गरेका छन् । केसीलाई कारबाही गर्न माग गर्दै अस्पताल प्रशासनलाई पत्र पठाउँने डाक्टरहरूमा उमाकान्त भट्टराई, रामप्रसाद श्रेष्ठ, नगेन्द्रप्रसाद शाह, गुणकुमार श्रेष्ठ, राजकुमार क्षेत्री, उमा क्षेत्री लगायतका रहेका छन् ।

तपाईको प्रतिक्रिया