Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

विरगञ्ज – पर्सामा शुक्रबार ६५ बर्षिया बृद्धबाट सात बर्षिया बालिका बलात्कृत भएकी छिन् ।

विद्यालयबाट घर फर्कदै गरेकी कक्षा तीनमा अध्ययनरत सात बर्षिया बालिका शुक्रबार दिउँसो बलात्कृत भएकी हुन् ।

स्थानीय अनिल साह गोल्दारको गोठमा बस्दै आएका शंकरसरैया ४ सखुवनीयाका ६५ बर्षिय वृद्ध मेघनाथ महत्तो कम्कडले बालिकालाई चकलेट दिन्छु भन्दै फकाएर बलात्कार गरेका हुन् ।

महत्तोले शारदा प्राथमिक विद्यालयबाट भाइसँगै घर फर्कदै गरेकी बालिकालाई चकलेट दिन्छु भन्दै गोठमा लगेर बलात्कार गरेका हुन् ।

वृद्धले गोठमा लगेर बलत्कार गरेपछि रुँदै घर फर्किएकी बालिकाले आमालाई घटना बारेमा बताएपछि गाँउलेले नजिकको प्रहरी चौकीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी टोलीले आरोपित वृद्ध महत्तोलाई पक्राउ गरेको छ ।

बलात्कार पछि गोठ छाडेर भागेका महत्तोलाई सखुवनीया स्थित उनको घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक टलकराज भण्डारीले बताए ।

पीडित बालिका र आरोपित वृद्ध महत्तो दुवैको शुक्रबार साँझ नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको पर्साका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

स्वास्थ्य परीक्षण पछि पीडित बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ भने आरोपित महत्तोलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आरोपित महत्तोले अपराध स्वीकार गरिसकेको प्रहरी श्रोतले जनाएको छ । यसअघि गत असार १० गते पर्सा जगरनाथपुरमा रहेको हनुमान मन्दिरका ७२ बर्षिय पुजारीले एक १५ बर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । ***

तपाईको प्रतिक्रिया