Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

भोजपुर – जंगली च्याउ खाँदा भोजपुर टक्सारको मालवासेमा १२ जना बिरामी परेका छन् । आज बिहान च्याउको तरकारीसँग खाजा खाएर काममा लागेका मजदुरहरु रिगंटा छुट्ने, पेट पोल्ने भएर बिरामी परेका हुन् ।

सदरमुकाम नजिकैको मालबासे खण्डमा सडक हेरालुको काम गरिरहेका उनीहरु बिरामी परेपछि तत्काल जिल्ला अस्पतालमा उपचारका लागी ल्याइएको थियो । बिरामीको अवस्था भइसकेको अस्पतालले जनाएको छ । गलमा पाइने देउले च्याउसहित नचिनेका बिषालु च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए ।

पाँचथरका सन्तोष तामाङ्ग, दिपेन तामाङ्ग, महेन्द्र तामाङ्ग, सपन तामाङ्ग, विरेन तामाङ्ग, राम तामाङ्ग, इलामका सन्तोष अधिकारी, तारा मगर, कमल तामाङ्ग, तेह्रथुमका अविन लिम्बु, भोजपुर मानेभञ्ज्याङ्गका नगेन पौडेल र दिंलाका छिरिङ्ग तामाङ्ग बिरामी परेका हुन् ।

तपाईको प्रतिक्रिया