Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ ।final

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । भेटमा राजदूत ओगवाले नेपालमा संविधानको कार्यान्वयनमा जापान जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण भएकाले आफ्नो पार्टीले संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो ।

राजदूत ओगवाले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमार्फत भूकम्प प्रतिरोधात्मक घरको निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न धादिङमा ९०० जनालाई तालिम दिन लागिएको पनि जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया