Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल परिवार दलको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित हुनुभएको छ । उक्त दलको बुधवार सम्पन्न दुईदिने सम्मेलनले ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । yaknath

‘असल परिवारः समृद्ध नेपाल, अग्रपन्थी लोकतन्त्रः हाम्रो मूल मन्त्र’ भन्ने नाराका साथ महाधिवेशनले पाँच वर्षका लागि ५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष, महामन्त्री, प्रत्येक प्रदेशबाट दुई/दुई जना, खुला केन्द्रीय सदस्य सात र दलित, पिछडावर्ग, मुस्लिम, मधेसी र आदिवासी जनजातिको आरक्षित कोटाबाट एक/एक गरी २८ सदस्यीय समिति चयन गरेको हो ।

बाँकी रहेका २३ सदस्य अध्यक्षले मनोनयन गरी कार्य समितिलाई पूर्णता दिने सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया