Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

स्पेन–स्पेनको एक अदालतले अर्जेन्टिनी फुटबल स्टाइकर लियोनेल मेस्सीलाई २१ महिनाको जेल सजाय सुनाएको छ । स्पेनिस फुटबल क्लव बार्सिलोनाका स्ट्राइकर मेस्सीलाई कर छलेको आरोपमा अदालतले दोषि ठहर गर्दै जेल सजाय सुनाएको बिबिसीले जनाएको छ ।

Messi-1

अदालतले उनका बाबु जोर्गे मेस्सीलाई पनि २१ महिनाको जेल सजाय सुनाएको छ । मेस्सीले सन् २००७ देखि २००९ सम्ममा स्पेनमा फोटो बेचेर कमाएको ४६ लाख अमेरिकी डलर उनका बाबुले कर छलेर कर नलाग्ने देश उरुग्वे र बेल्जियामा प्रयोग गरेको आरोपमा उनीहरुलाई दोषि ठहर गरिएको हो ।

बार्सिलोनाको अदालतले सुनाएको सजायँलाई चुनौति दिन मेस्सीका बाबु–छोरा त्यहाँको सर्वोच्च अदालतमा जान सक्ने छन् । त्यसैले यो मुद्दा सर्वोच्चबाट फैसला नहुँदासम्म उनीहरुले जेल बस्नु पर्ने छैन ।

अर्जेन्टिनी राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरिसकेका मेस्सीले भने आफ्नो आर्थिक गतिविधिबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया