Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

ढाका –अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले बंगलादेशमा थप हमला गर्ने धम्की दिएको छ ।ढाकाको एक रेस्टुरेन्टमा आतंकवादी हमला भएको एक साता नबित्दै आइएसले बंगलादेशमा थप आक्रमण गर्ने चेतावनी दिएको हो ।

एक भिडियो सन्देश जारी गर्दै सो संगठनले बंगलादेश सरकारलाई ‘गैर मुस्लिम’ भनेको छ । भिडियोमा तीन बंगलादेशी मुलका लडाकु समेत देखिएका छन् । तर उनीहरुको पहिचान खुलेको छैन ।

भिडियोमा उनीहरुले आफूहरुसँग गुमाउनका लागि केही बाँकी नरहेको भन्दै जित हासिल नभएसम्म संघर्ष जारी राख्ने जनाएका छन् । उल्लेखनीय छ, ढाका हमलाको जिम्मेवारी आइएसले लिएको छ ।

तर बंगलादेश सरकारले भने सो हमलामा स्थानीय उग्रवादी संगठनको संलग्नता रहेको भन्दै आइएसको संलग्नता नरहेको दाबी गर्दै आएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया