Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डा.शंशाक कोइराला अकस्मात अस्वस्थ भएपछि उहाँलाई ओम अस्पतालमा भर्ना गरिएको छ ।

कोइरालाको अवस्था गम्भीर रहेपनि क्रमिक रूपमा सुधार रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । पारिवारिक स्रोतका अनुसार कोइरालाले मङ्गलबार राति पिज्जा खाएपछि उहाँलाई बान्ता भएको थियो । लगातार बान्ता भएपछि उहाँलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीका अनुसार अधिक बान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने बताउनुभयो । 13603774_10154297266582329_1230389000090164245_o

उपचारका लागि उहाँलाई बाहिर लाने विषयमा चिकित्सकहरुसँग छलफल गरिएपनि निर्णय भने भइनसकेको नेविसंघका प्रवक्ता युपी लामिछानेले समुद्रपारिलाई बताउनुभयो । कोइरालाको उपचारका लागि वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइराला पनि ओम अस्पताल पुगिसक्नुभएका उँहारुको टिमले निर्णय गर्ने लामिछानेले जानकारी दिनुभयो । यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान सो अस्पताल जानुभई नेपाली काँग्रेसका महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।

प्रधानमन्त्री ओलीले उहाँको उपचारमा संलग्न चिकित्सकहरुसँग भेट गरी डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । ओलीले कोइरालाको उपचारमा सक्दो प्रयास गर्न र कुनै कमी हुन नदिन डाक्टरहरुसँग आग्रह पनि गर्नुभयो ।

साथै, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू पनि उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्न ओम अस्पताल पुग्नुभएको छ ।

तपाईको प्रतिक्रिया